Nepal's No. 1 Digital Newspaper

विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

नुरसुल्तान, कजाकस्तानमा विमान दुर्घटना, चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या १५ पुगेकाे छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो ।

बीबीसीले जनाए अनुसार दुर्घटनामा घाइते भएका बालबालिकासहित ६६ जनालाई उद्धार गरी अस्पताल लगिएकाे छ। दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो।

Order Now: 98510-87891

टेकअफ गर्नेबित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएकाे छ।
अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९३ यात्रु र ५ जना क्रु मेम्बर थिए।दुर्घटनाग्रस्त विमानमा आगलागी भने नभएको बताइएको छ। दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठाेक्किन पुगेकाे छ।

बेक एअर सन् १९९९ मा स्थापना भएकाे हवाइसेवा प्रदायक कम्पनी हाे। जसले सुरुमा भीआईपी उडान मात्रै गर्थ्यो।अहिले भने यसले आफू कजाकस्तानकै सस्ताे हवाइ सेवा दिने कम्पनी भएकाे दाबी गर्छ।

कजाकस्तानकाे अलमाटीमा यसअघि सन् २०१३ काे जनवरीमा पनि विमान दुर्घटना भएको थियो। काेशेताउबाट अलमाटीका लागि उडान भरेकाे स्क्याट एयरलाइन्सकाे विमान दुर्घटना हुँदा २० जनाकाे ज्यान गएकाे थियाे।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.