Nepal's No. 1 Digital Newspaper

डाईनिङ पार्कमा पन्ध्र दिनसम्म ढावा संचालन गरिने

काठमाडौं, १० पौष – पुरानो बानेश्वर स्थित डाईनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा गोपाल सिंह द ढावा संचालनमा आएको छ ।उक्त ढावा आज देखी संचालनमा आएको हो । ढावा १५ दिनसम्म संचालनमा रहने छ । त्यस अवधीमा मास्टर सेफ गोपाल सिंह नेतृत्वको सेफको टोलीले ढावा थिममा विभिन्न परिकारहरु तयार पारि ग्राहकहरुलाई पस्कने छन् ।

ढावामा इन्डियन सब कण्टिनेन्टमा प्रचलनमा रहेका स्पाइसी परिकारले स्थान लिने मास्टर सेफ गोपाल सिंहले जानकारी दिए । जसमा कवाव, मकैको रोटी, तन्दुरी चिकेन, सिक कवाव, दाल मखनी, मुर्ग मखनी, पाया करी, सर्स्युका साग, बेगनको भर्था समावेश हुनेछन् ।

Order Now: 98510-87891

‘हामीले डाईनिङ पार्कमा पाल्नु हुने खानाका पारखीहरुलाई फरक स्वाद दिलाउने उदेश्यका साथ भिजिट नेपालको सन्दर्भ पारेर १५ दिने अभियानका रुप ढावाका परिकारहरु पस्कन लागेका हौ’ डाईनिङ पार्क रेस्टरेण्ट एण्ड लाउण्ज बारका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले बताए ।

साथै डाईनिङ पार्क पूर्ण पारिवारिक वातावरणसहित रेष्टुरेण्ट भित्र वेन्क्वीट हल, मिटिङ सेमिनार हल लगायत बार समेतको सुविधा मा पाहुनाहरूको अनुरोधमा सबै परिकार का खाना उपलब्ध गराइरहेको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.