Nepal's No. 1 Digital Newspaper

उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ, जुम्लाको तापक्रम माइनस ६.४

काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । यस तापक्रम वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि मङ्गलबार भने उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ उनले भने ।

Order Now: 98510-87891

मौसमविद्का अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४ं.६, पोखरा ७.४ मापन गरिएको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.