सरकारलाई दिएको समर्थन फिर्ता लियो समाजवादी पार्टीले
काठमाडौं । समाजवादी पार्टीले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
अध्यक्ष उपेन्द्र यादवले बुधबार बसेको कार्यकारणी बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर बुधबारबाटै लागु हुने गरी संसदमा प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव अस्वीकार भए पछि समाजवादी पार्टी मंगलबारदेखि सरकारबाट बाहिरिएको थियो ।