Nepal's No. 1 Digital Newspaper

एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं, पुस ८ गते । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ४४–१८ को फराकिलो अन्तरले पराजित ग¥यो । एक्सेल्सियरको जितमा सशान्त डंगोलले १९ अंक योगदान गरे ।

Order Now: 98510-87891

सिनियर गल्र्समा द चाँदबाग स्कुल, स्वर्णिम र सिद्धार्थ बनस्थलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । चाँदबागले एभीएमलाई २०–१० ले हरायो । चाँदबागकी दिया गुरुङले ७ स्कोर गरिन् । स्वर्णिमले शिशु निकुञ्जलाई २७–६ ले पाखा लगायो । स्वर्णिमकी मोहिनी लोप्चनले १२ अंक बटुलिन् । सिद्धार्थ बनस्थलीले आयोजक एक्सेल्सियरलाई १८–१३ ले निराश पा¥यो । विजेताकी रक्षा श्रेष्ठले ७ अंक जोडिन् ।

जुनियर ब्वाइजमा रेडिअन्ट पब्लिक स्कुल र सेबले सेमिफाइनल यात्रा तय गरे । डिफेन्डिङ च्याम्पियन रेडिअन्टले नवजीवनको चुनौती २३–१२ ले पन्छायो । विजयी टिमका लागि शिव शाहले १२ स्कोर गरे । स्वर्णिम विरुद्धको खेलमा सेब ३८–१७ ले सहजै विजयी भयो । सेबका कुमार तामाङले ११ अंक जोडे । प्रतियोगिताअन्तर्गत मंगलबार फुटबल भएन ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.