Nepal's No. 1 Digital Newspaper

सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य साताकै सबैभन्दा धेरै पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ । यो साताकै सबैभन्दा बढी मूल्य हो ।

महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Order Now: 98510-87891

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.