Nepal's No. 1 Digital Newspaper

‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण’ – सोनाक्षी, सोसल मिडिया छोडे : जावेद

‘यति घृणा सहन सकिरहेको छैन’, सोसल मिडिया छोडे : जावेद जाफरीले

‘दबंग ३’ अहिले विश्व बजारमा रिलिज भैरहेको छ । भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण सलमान खान र नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ को व्यापारमा घाटा लागेको छ ।

Order Now: 98510-87891

जसकाकारण, चलचित्रले सुरुवाती दिनमा अपेक्षित व्यापार गर्न सकेन । सलमान खान स्टारर चलचित्रका ‘दबंग ३’ ले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको कम हो ।

भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलन महत्वपूर्ण हो सोनाक्षी भन्छिन् । चलचित्रकी नायिका सोनाक्षी सिन्हा भने अहिले ‘दबंग ३’को व्यापार भन्दा पनि भारतमा भैरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताउँछिन् । सोनाक्षीले भनिन्–‘हामी सबैलाई थाहा छ भारतमा के भैरहेको छ । जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ ।

तर, म दर्शकले जुन तरिकाको प्रतिक्रिया दिनुभएको छ, यसले उत्साहित छु । यो समयमा सिंगो देश नै एकत्रित भएको छ । यो चलचित्र भन्दा महत्वपूर्ण पक्ष हो ।’ यो चलचित्रको अनलाइन पाइरेसी समेत भैसकेको छ । जसलेगर्दा, चलचित्रको व्यापारमा ठूलो असर गर्ने पक्का छ । सोनाक्षी भन्छिन्–‘हामीले लामो समयदेखि दर्शकलाई पाइरेट फिल्म नहेर्ने भनिरहेका छौ । यसले सिंगो चलचित्र क्षेत्रलाई नै असर गर्छ ।’

नागरिकता संसोधन विधेयकको विरुद्ध आन्दोलनमा सोनाक्षीले भनिन्–‘म यो देशका नागरिकको पक्षमा छु । म ती मानिसहरुमाथि गर्व गरिरहेकी छु, जो आफ्नो आवाज उठाउन सडकमा आएका छन् । बलिउडका नाम चलेका कलाकारले यो बिषयमा नबोलेको प्रश्नमा सोनाक्षीले भारतीय मिडियासँग भनेकी छिन्–‘मलाई लाग्छ कि, कोही यो बिषयमा बोल्न चाहन्छ भने उसले बोल्न सक्छ । कसैले चाहदैन भने नबोल्दा पनि हुन्छ । आखिर, यो उसको अधिकारको कुरा हो ।’ तर, म उनीहरुको पक्षमा छु ।’ बलिउडका ठूला कलाकार सडकमा आउँदा सिंगो ध्यान नै उनीहरुतर्फ तानिने सोनाक्षीको भनाई छ ।

‘यति घृणा सहन सकिरहेको छैन’, सोसल मिडिया छोडे : जावेद जाफरीले

भारतीय अभिनेता जावेद जाफरी पनि नागरिकता संशोधन कानूनको विरोधमा छन् । उनी लगातार आफ्नो सोसल मिडिया अकाउन्ट्समा यसबारे पोष्ट गरिरहेका छन् । तर उनलाई जब यो मुद्दामा ट्रोल गर्न थालियो तब उनी असाध्यै दुःखी र तनावमा छन् । जावेदले आइतबार एक ट्वीटमार्फत् सोसल मिडिया छोड्ने घोषणा गरेका छन् ।

यदि मानिसहरुले कलाकार पनि भीडको एक सदस्य हुन् भन्ने वुझेको खण्डमा, सेलिब्रिटी पनि सडकमा आउने सोनाक्षीले बताइन् ।

स्थिती सुध्रने आशा गर्छुः

जावेदले आफ्नो ट्वीटमा लेखेका छन्, ‘यो ट्रोलिङ र घृणालाई अब सहन सक्दिनँ । स्थितीमा सुधार नहुञ्जेल सोसल मिडिया अकाउन्ट बन्द गर्दै छु । आशा गर्छु, इन्शाअल्लाह । इन्डिया फर्स्ट, जय हिन्द ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.