Nepal's No. 1 Digital Newspaper

प्रधानमन्त्री ओलीको रिट्विट चर्चा भारतमा अझै सेलाएन !

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको ट्विटर कान्डको प्रसंग अझै पनि सेलाइसकेको छैन । 

बीबीसी हिन्दीले आज पनि नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर राखेर के नेपाल पनि नागरिकता कानुनको विरुद्धमा छ भन्ने शीर्षक राखेर समाचार सामग्री बनाएको छ । 

Order Now: 98510-87891

समाचारमा उनले सोनिया गान्धीको मन्तव्य रिट्विट गरेको प्रसंग त्यसमा भएका टिप्पणी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाइ पनि समावेश गरेको छ ।

प्रधानमन्त्रीको ह्यान्डलबाट रि–ट्विट ‘ठूलै योजनाअनुसार’ !

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको भनाइ त्यसमा यसरी राखिएको छ,‘‘हामी यसको जाँच गरिरहेका छौं । हामीलाई लाग्छ कि कसैले पासवर्ड दुरुपयोग गरेको छ । म तपाईँहरु सबैलाई अनुरोध गर्छु  यो ट्विटलाई लिएर भ्रम र अफवाह नफैलाऔं ।’’ 

के थियो कान्ड ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट शुक्रबार भारतीय कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको ट्विट रि–ट्विट गरिएपछि त्यसले तरंग सिर्जना गरेको हो ।

भारतीय विपक्षी दल कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको २.३७ मिनेटको भिडियो सन्देशलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट रिट्विट भएपछि त्यसको चर्चा भारतीय मिडियामा पनि भइरहेको छ । 

शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रबार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला ‘देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनीया गान्धीको शान्त शैली’को प्रशंसा गर्दै त्यस्तो काम प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने सुझाव दिएका थिए । सोही ट्विट नेपालका प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट रिट्विट भएको हो । 

सामाजिक सञ्जालमा आलोचना भएपछि सो सन्देश शुक्रबार  नै मेटाइएको थियो ।  कसैले प्रधानमन्त्रीको ट्विटर पासवर्ड दुरुपयोग गरेको हुन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए । 

सो विषयमा छानबिन भइरहेको थापाले बताएका छन् । 

भारतीय पत्रिका टेलिग्राफ, इन्डियन एक्सप्रेसलगायतले यसअघि नै प्रधानमन्त्री ओलीको रिट्विटबारेमा समाचार बनाएका थिए ।

कसले चलाउँछ प्रधानमन्त्रीको ट्विट ?

प्रधानमन्त्री ओलीले आफैं ट्विट चलाउने गरेको यसअघि चर्चा हुने गरेको थियो । तर, सचिवालयका केही सदस्यलाई समेत त्यसको पासवर्ड दिइएको सम्बद्ध स्रोतले बताएको छ ।  यसबारेमा प्रधानममन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीसँगको कुराकानीमा कसैले पासवर्ड दुरुपयोग गरेका कारण त्यस्तो भएको हुन सक्ने जनाएका थिए । 

कसले गरेको हो भन्ने बारेमा सम्बद्ध निकायले छानबिन गरिरहेको जनाउँदै उनले भने, ‘‘ठूलै योजनाअन्तर्गत कसैले गल्ती गरेको छ । त्यसको छानबिन भइरहेको छ । पत्ता लागेपछि हामी भन्नेछौं ।’’ थापाले शुक्रबार राति नै पासवर्ड दुरूपयोग गरि यस्तो गरिएको हुन सक्ने आशंकामा छानबिन भइरहेकोले कुनै प्रकारको भ्रममा नपर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए ।

अहिले भारतमा नागरिकता कानुन संशोधनको सम्बन्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । 

सोही कानुनको विरुद्धमा सोनीया गान्धीले दिएको भिडियो सन्देश प्रधानमन्त्रीले बिना कुनै टिप्पणी रिट्विट गर्दा त्यसको नेपालका तर्फबाट समर्थन गरेको जस्तो देखिएकाले यो कुरा विवादास्पद भएको हो । 

व्यक्तिगत रुपमा कसैले समर्थन वा विरोध गर्न सक्ने भए पनि प्रधानमन्त्री संस्थाको ट्विटरबाट त्यसो गरिनुले नै भारतको आन्दोलनको पक्षमा नेपाल रहेको जस्तो भ्रम फैलाउने प्रयास गरिएको  छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.