Nepal's No. 1 Digital Newspaper

अग्रवाल भवनमा इस्कोनको श्रीमद् भागवत

काठमाडौं ८,पुस । श्रीमद (ध्रुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत आजदेखि सुरु भएको छ । वैदिक हिन्दू सनातन धर्मको संरक्षण तथा प्रचारप्रसारसंघको आयोजनामा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा पुस ७ गते देखि ११ गते सम्म कथावाचन चल्नेछ ।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले आयोजना गर्न लागेको उक्त पाँच दिने श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको कलशयात्रा आज बिहान ०८ बजे बसन्तपुर स्थित सानो पशुपतिनाथ मन्दिरबाट शुरु भई मख्खन गल्ली, भोटाहिटी, कमलादी हुँदै अग्रवाल भवनमा पुगेर समापन हुने भएको थियो ।

Order Now: 98510-87891

धर्मप्रति मानिसको धारणा र आस्थामा कमी हुँदै गएको अवस्थामा यस भागवत कथामृतले र्धमको महत्वलाई थप प्रष्ट्याउने छ । यस्ता कार्यक्रम आयोजनाले धर्म अनुशासन, जीवन र जगत लगायतको विषयमा आम मानिसलाई ज्ञान हुनुकासाथै विश्वास पनि बढ्ने छ । त्यसैगरेर, दिउँसो ०३ बजेदेखि साँझ ०६ बजेसम्म विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजीद्वारा कथा वाचन पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.