Nepal's No. 1 Digital Newspaper

१२२ चिनियाँ नागरिक पक्राउ – प्रहरीको सर्च अपरेशन, पक्राउ गर्नुअघि सीआईबीमा बैठक

काठमाडौँ, नेपालमा बसेर चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट  १०० बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

भिसाको म्याद गुज्रिसकेपछि पनि  नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

Order Now: 98510-87891

स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकहाँ यससम्बन्धी सूचना आएपछि उनले सीआईबीलाई अनुुसन्धान गर्न निर्देशन दिएका थिए । खनालको निर्देशनसँगै सोमबार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखालगायतका प्रमुखहरुको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय भएको थियो । लगत्तै बूढानीलकण्ठ, बाँसबारी, धुम्बाराहीलगायतका स्थानमा प्रहरीले छामा मारेर १०० बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

 प्रहरीका अनुसार उनीहरु साइबरसम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ । विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ।  

प्रहरीले चिनियाँ नागरिकको साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिमलगायत बरामद गरेको बताइएको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको जानकारी दिए । 

पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् । पछिल्लो समय नेपालमा चिनियाँ नागरिकले बैंक ह्याक गरेर रकम लुटेको घटना पनि बाहिर आएको थियो । 
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.