Nepal's No. 1 Digital Newspaper

भारतको राजधानी नयाँ दिल्लीमा फेरि आगलागी हुदा नौजनाको मृत्यु भएको छ

नयाँदिल्ली – नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । उत्तरपूर्वी दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुँइतलामा रहेको कपडा गोदाममा आइतबार राति करीब साढे बाह्र बजे आगो सल्केको थियो । आगलागीमा दशजनाभन्दा बढी घाइते भएका छन् ।

आगलागी भएको भवनमा सुरक्षाको प्रबन्ध अत्यन्त कमजोर रहेको र साँघुरो भर्‍याङ रहेको बताइएको छ । मृत्यु हुनेमा एउटै परिवारका सदस्यहरु रहेको बताइएको छ । आगलागी खाना पकाउने ग्यास सिलिण्डर पड्केर भएको प्रारम्भिक अनुमान छ । दुई साताभित्रै नयाँदिल्लीमा आगलागीको यो दोस्रो घटना हो 

Order Now: 98510-87891

यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको एउटा झोला र खेलौना कारखाना रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुँदा ४३ जनाको ज्यान गएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए । दिल्लीको अति नै व्यस्त बजारको साँघुरो गल्लीमा रहेको चारतले भवनमा पनि सुरक्षाका कुनै पनि प्रबन्ध थिएन ।

दिल्लीमा आगलागी घटना बढ्दै गएपछि भवनहरुको सुरक्षा प्रबन्धलाई लिएर प्रश्न उठ्न थालेको छ । आइतबार राति आगलागी भएको भवनले पनि सुरक्षा मापदण्ड पुरा नगरेको आशंका गरिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.