Nepal's No. 1 Digital Newspaper

सुकेधारामा बसको ठक्करबाट छात्राको मृत्यु, दुईवटा बसमा आगजनी र तोडफोड

काठमाडौँ । सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Order Now: 98510-87891

मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । आक्रोसित विद्यार्थीले बा४ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा३ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् ।

प्रहरीले आगजनीमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.