Nepal's No. 1 Digital Newspaper

यहि पुस १० गते बिहिबार झन्डै तीन घन्टा खण्डग्रास सूर्यग्रहण

यहि पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ। झन्डै तीन घन्टा लामो खण्डग्रास सूर्यग्रहण लाग्दैछ । दुई घन्टा ४९ मिनेट लामो सूर्यग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।

अधिकतम् खण्डग्रास सूर्यग्रहणका बेला काठमाडौंबाट ४८ प्रतिशत छेकीएको कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बादल नलागे र मौसम अनुकुल भए काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’ भट्टराईले भने।

Order Now: 98510-87891

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ । भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ। खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.