Nepal's No. 1 Digital Newspaper

सिने स्टार अवार्डको उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

पहिलो ‘सिने स्टार अवार्ड २०२०’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि क्यानडाको टोरन्टोमा हुन गइरहेको अवार्डको मनोनयन प्रमाणपत्र वितरण गरिएको थियो ।

 उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँबीच प्रतिस्पर्धामा रहेको छ । अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् । 

Order Now: 98510-87891

उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशिल पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी मनोनयन छन् । सह- अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय भोले’बाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन् । सह- अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ‘बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् । 

 आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्ने बताइएको छ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

उत्कृष्ट तीन मनोनयन सुची

उत्कृष्ट फिल्मः प्रसादछक्का पञ्जा ३बुलबुल 
उत्कृष्ट निर्देशकः बिनोद पौडेल – बुलबुलदीपाश्री निरौला – छक्का पन्जा ३दिनेश राउत – प्रसाद 
उत्कृष्ट पटकथाः दीपकराज गिरी – छक्का पन्जा ३सुशील पौडेल – प्रसादबिनोद पौडेल – बुलबुल 
उत्कृष्ट अभिनेताः अनमोल केसी – ए मेरो हजुर ३विपिन कार्की – प्रसादसलिनमान बनियाँ – यात्रा 
उत्कृष्ट अभिनेत्रीः स्तिमा खड्का – बुलबुलसृष्टि श्रेष्ठ – रोमियो एण्ड मुनानम्रता श्रेष्ठ – प्रसाद 
उत्कृष्ट सह-अभिनेत्रीः लक्ष्मी वर्देवा – बुलबुलसुरक्षा पन्त – गोपीप्रियंका कार्की – नाइँ नभन्नु ल ५ 
उत्कृष्ट सह-अभिनेताः सलोन बस्नेत – ए मेरो हजुर ३सौगात मल्ल – जय भोलेकेदार घिमिरे – छक्का पन्जा ३ 
उत्कृष्ट सम्पादनः बनिश शाह र मिलन श्रेष्ठ – रामकहानीनिमेष श्रेष्ठ – साइँलीबिपिन मल्ल – छक्का पन्जा ३ 
उत्कृष्ट सिनेमाटोग्राफरः मानकृष्ण महर्जन – छिरिङआलोक शुक्ला – लभ स्टेशनपुरुषोत्तम प्रधान – छक्का पन्जा ३ 
उत्कृष्ट पार्श्व गायिकाः प्रविशा अधिकारी – फुल होइन काँडा – रोजविन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३अन्जु पन्त – बनकी चरी – प्रसाद 
उत्कृष्ट पार्श्व गायकः प्रताप दास – फुल होइन काँडा – रोजसुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३रुपक डोटेल – बनकी चरी – प्रसाद 
उत्कृष्ट संगीतकारः एलिश कार्की – रोजबसन्त सापकोटा – नाइँ नभन्नु ल ५दीपक शर्मा – छक्का पन्जा ३

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.