Nepal's No. 1 Digital Newspaper

उपसभामुखको अध्यक्षतामा आजदेखि संसदको हिउँदे अधिवेशन सुरु

काठमाडौँ । आजदेखि संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्वन ४ बजेका लागि दुबै सदनको हिउँदे अधिवेशन डाकेकी थिइन् ।

राष्ट्रिय सभाको बैठक राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नेछन् भने प्रतिनिधि सभामा सभामुख पद रिक्त रहेका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गर्दैछिन् । गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

Order Now: 98510-87891

राष्ट्रिय सभाको बैठकपूर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यपरामर्श समितिको बैठक डाकेर आजको बैठकको कार्यसूची तय गरिसकेका छन् भने प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख तुम्बाहाङ्फेले कार्य परामर्श समितिको बैठक बोलाएकी छिन् ।

आजको राष्ट्रिय सभामा राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने, दिवगंत पूर्व सांसद रामेश्वरप्रसाद ढुङ्गेलको निधनमा शोक प्रस्ताव पारित गर्ने र संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यता प्रतिनिधि सभाको कार्यसुची भने कार्यपरामर्श समितिको बैठकले तय गर्दैछ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.