Nepal's No. 1 Digital Newspaper

सिमा सुरक्षामा ११४ सुरक्षा थप गरियो मन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको बताउनुभएको छ । यसअघि पनि १०७ वटा सीमा सुरक्षा पोष्ट रहेका थिए ।

सीमा सुरक्षा पोष्ट ११४ थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट रहनेभएको बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले धेरै वर्षअघिदेखि नै प्रक्रियामा रहेको र सम्झौता एमसीसी संसदको अघिल्लो अधिवेशनबाटै पारित हुनुपर्ने बताएका थिए । मन्त्रीबास्कोटाले मान्छेले कि धेरै बुझेर विरोध गर्छ, कि त बुझ्दै नबुझेर बिरोध गर्छ । अहिले एमसीसीको सन्दर्भमा ९नेकपा बैठकमा भइरहेका बहस पनि त्यस्तै हुन , ‘तर हामी अमेरिकासँगको सैन्य गठबन्धनमा जाने पनि होइन ।

Order Now: 98510-87891

नेपालले कम्युनिस्ट मुलुकसँगमात्र सम्बन्ध राख्ने पनि होइन ।’ एमसीसी सहयोग अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै नेकपाका नेताहरुले नै विरोध गरेका छन । यदि इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भने पनि सम्झौतामा परिर्माजन गर्नुपर्ने नेताहरुको मत छ भन्दै संसदको अबको अधिवेशनबाट एमसीसी पारित हुने भन्दै पार्टीभित्र भइरहेको बहसले सरकारको काम कारवाहीमा कुनै असर नगर्ने पनि प्रष्ट पारे । मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा हुन् भन्दै उनले केही व्यक्तिका निजी धारणाले एमसीसी संसदबाट पारित हुन नरोकिने बताए


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.