Nepal's No. 1 Digital Newspaper

त्रिभुुवन विश्व विद्यालयको ४५ औ दीक्षान्त समारोह

त्रिभुुवन विश्व विद्यालयले आज ललितपुर जिल्लाको पुलचोक इन्जिनियरिङ कलेजको प्रगाणमा ४५ औ दीक्षान्त समारोहमा १० हजार १ सय ३ जना बिद्यार्थी दीक्षित भएका छन् । उतm समारोहमा शिक्षा तथा विज्ञान मन्त्री गिरिराजमणी पोखरेल एवम बगंलादेशमा रहेको ढाका विश्वविद्यालयका उपकुलपति प्रा. डा. मोहम्मद अख्तरुज्जमानको सहभागीता रहेको थियो । दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन संकायमा ३ हजार ७०३ जना बिद्यार्थी दीक्षित भएका थिए भने मानवीकी संकाय तर्फ २ हजार ९१ र इन्जिनियरिङमा १ हजार १८६ , बिज्ञानतर्फ १ हजार १ त्यर्सैगरि चिकित्सातर्फ ८६४ बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

समारोहमा कानुनमा १८० वन विज्ञानमा ३३, शिक्षामा ७७१ , कृषि तथा पशु बिज्ञानमा १३२ जना स्नाकोतर स्नातकमा दीक्षित गरिएको थियो । त्यस्तै पिएचडिमा ८५ साथै एम्फिलमा ४० जना बिद्यार्थीहरुलाई दीक्षित गर्दै बिभिन्न संकायमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पदक प्रदान समेत गरिएको थियो । समारोहमा उपकुलपति गिरिराजमणि पोखरेलले शिक्षालाई समृदिको रुपमा अगाडि लाने तयारी भईरहेको बताउनुभएकोृ थियो ।

Order Now: 98510-87891

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.