Nepal's No. 1 Digital Newspaper

पेप्सीको उत्पादक विरुद्ध कर छलीको मुद्दा

काठमाडौँ, नेपालमा पेप्सी उत्पादन गरिरहेको बरूण वेभरेजले कर छली गरेको भन्दै राजश्व अनुसन्धन विभागले मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

Order Now: 98510-87891

राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ। वरुण वेभरजे चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो ।

सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५ प्रतिशत आय कर गरी कूल ३८ रुपैयाँ कर छली हुन्छ । उपभोक्ताबाट कर उठाए पनि सरकारलाई कर नदिन नक्कली बिल प्रयोग गरिएको मैनालीले जानकारी दिए ।

बरूणले नक्कली बिलको कारोबार गर्नेहरूसँग मिलेमतो गरी कर छली गरेको विभागको दाबी छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.