Nepal's No. 1 Digital Newspaper

“म मरे पनि मेरो देश बाँची रहोस” – श्री ५ महेन्द्र सरकारको १०१ औं जन्म जयन्ति, तीनधारा पाठशाला, दरबार मार्गमा भेलाभई श्रद्धा सुमन अर्पण

“म मरे पनि मेरो देश बाँची रहोस” भन्नु हुने युग प्रवर्तक श्री ५ महेन्द्र वीर विक्रम शाहदेव सरकारको १०१ औं जन्म जयन्ति तथा राष्ट्रिय अस्तित्व बोध दिवसको अवसरमा २०७६ पौष १ गते मौसुफको प्रतिमास्थल तीनधारा पाठशाला, दरबार मार्गमा भेलाभई श्रद्धा सुमन अर्पण साथै विशेष श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

श्री ५ महेन्द्र चीर स्मरण समितिका अध्यक्ष शोभन शमशेर जबराको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय समाज सुधार संस्थाका संयोजक शंकर मघैयाले कार्यक्रम संचालन गर्दै २०१५ सालको संविधानको धारा ५५ प्रयोग गरी चालेको शाही कदम नेपालको अस्तित्व रक्षाको लागि नभई नहुने कदम भएकोले यसलाई असंवैधानिक, अप्रजातान्त्रिक र शाही ‘कु’ भन्न मिल्दैन हाम्रो सामु ३० वर्षिय पंचायतीकाल र ३० वर्षिय दलिय मनपरि तन्त्र ताल छ यसको विवेचना आजको आवश्यकता हो भनि सुरुवात गर्नु भएको सो कार्यक्रमा श्री ५ महेन्द्र चीर स्मरण समितिका केन्द्रीय सदस्य, विद्वान एवं महेन्द्रपथका व्याख्याता डा.शास्त्रदत्त पन्तले राजा महेन्द्राबाट सुत्रपात गरिबक्सेको पंचायती व्यवस्था नेपालको इतिहासमा स्वर्णकाल थियो भने दलिय व्यवस्था कालो युगको रूपमा चित्रित भई सकेको हाम्रो सामु छर्लङ्ग छ भन्नु भयो ।

Order Now: 98510-87891

चीर स्मरण समितिका संस्थापक सदस्य तथा राजनीतिक विश्लेषक दीर्घराज प्रसाईले २०१७ सालको कदम प्रजातन्त्र र दलिय व्यवस्थाको विरोधमा थिएन भन्नु भयो भने वहाँबाट लिखित “श्री ५ महेन्द्र र २०१७ साल अनि आजको अवस्था” शिर्षकको पुस्तिका श्री ५ महेन्द्र चीर स्मरण समितिले प्रकाशन गरी हात हातमा वितरण गरिएको थियो ।

सो विशेष कार्यक्रमलाई व्यवस्थापन गर्नुहुने प्याराग्लाइडिङ्ग पाइलट तथा वातावरणविद अग्नि शमशेरले पृथ्वी विचार, वहादुर शाहको नीति, महेन्द्रको विकास नीति आजको आवश्यकता हो भन्नु भयो ।

सो कार्यक्रममा हेम सिलवाल, मणी राज सत्याल, किशोरी महतो, चक्षु साप्ताहिकका सम्पादक पदम भक्त खरेल हरिहर शर्मा, राजन महर्जन, पदम पाण्डे, विक्रम झा, शेखर जंग रायमाझी, नानीमैया दाहाल, विक्रम बम, शरदचन्द्र दाहाल, कृष्णलाल श्रेष्ठ, लक्ष्मी अधिकारी, गगन विष्ट आदीले श्री ५ महेन्द्र प्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो ।

राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका संयोजक पारुहाङ्ग कुथुमी राईले स्वागत मन्तव्य राख्दै सिंगो राष्ट्र खतरनाक मोडमा पुगेको बेला नेपाललाई सम्हाल्न चाहने थोरै मात्र व्यक्तिहरू छन भन्नु भयो ।

लक्ष्मी मल्लले राजसंस्था स्थापना गर्ने सवालमा हामी एकै कित्तामा उभिन सक्छौं भन्नु भयो ।
नेपालगञ्जका भुवन श्रेष्ठले राजा आएपछि फेरी हालीमुली हुन पाइन्छकी भन्ने यदि कसैको सोच छ भने त्यो आजै देखि छाडी दिनुहोस् यस्ताहरूको छदम भेषीहरूको कारण हाम्रो अभियानले सफलता चुम्न सक्दैन भन्नु भयो ।

अभियानका प्रमुख कपिलमान खड्गीले धन्यवाद दिंदै हिजो यस कार्यक्रम स्थलमा उभिनु पनि ठुलै दण्डनीय अपराध मानिन्थ्यो तर श्री ५ महेन्द्र चीर स्मरण समितिका महासचिव स्व.जिवनलाल श्रेष्ठको निरन्तर कृयाशिलताले ३० वर्षदेखि मनाउँदै आयौं गतवर्ष आजकै दिन वहाँको स्वर्गारोेहण भएकोले हामी मर्माहत भएका छौं । वहाँले राष्ट्रवादी नागरिक समुहका संस्थापक सदस्य भीम कुमारी पोखरेलको दुखद निधनको समाचारले हामी स्तब्ध भएका छौं शोक सन्तब्ध परिवारमा समवेदना साथै स्वर्गीय आत्माको चीर शान्तिको लागि कामना गर्दछौं भन्नु भयो ।

शाही युवा शक्तिले मोटरसाइकल ¥याली सहित युवाहरूको ठूलो समूहले पनि श्रद्धा सुमन चढाएको छ भने पञ्चेबाजाको तालमा नाचगान साथै साँझ दिपावली गरेको थियो ।

यसै गरी राष्ट्रवादी युवा मञ्चका संरक्षक एवं “राष्ट्र र राष्ट्रियताको रक्षाको निम्ति अराष्ट्रिय तत्व संग लड्नु सिवाय अर्को विकल्प छैन” अन्यथा स्वाभिमानी नेपालीले बाचुञ्जेल आँसुको घुट्का पिउनु सिवाय अर्को विकल्प रहने छैन भन्नु हुने गत पुष १ गते नै नेपाल राष्ट्रको अस्तित्व बोध दिवस मनाइ रहेकै समयमा जब कार्यक्रम सफलताका साथ सम्पन्न भैसकेको जानकारी प्राप्त भएपछि मात्र प्राण त्याग्नु भएका राष्ट्रका लागि प्रतिवद्ध, कतिवद्ध पुराना राजनीतिज्ञ, राष्ट्रिय चिन्तन केन्द्रका अध्यक्ष एवं राजपरिषदका सदस्य, सम्माननिय जीवनलाल श्रेष्ठको प्रथम वार्षिकीको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

बसन्तपुर महादेव पार्वती मन्दिर प्राङ्गणमा भएको सो कार्यक्रममा शाही नेपाली सेनाका जर्नेल तथा राष्ट्रवादी नागरिक समूहका संरक्षक भरत रायमाझीको प्रमुख आतिथ्यमा र मञ्चका अध्यक्ष विजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रायमाझीले ९ वर्ष अघि भएको एक कार्यक्रममा स्व.श्रेष्ठको मनतव्यबाट धेरै प्रभावित हुन पुगेको थिएं । सामान्य मानिस जस्तो भएर पनि उच्च राष्ट्रवादी भावना समेतेका स्व.जिवनलाल श्रेष्ठको प्रतिभावान क्षमता आज पनि नेपाललाई माया गर्नेहरूले बाहिर पस्कनु पर्छ । सुसुप्त रूपमा रहेको आफ्ना राष्ट्रिय भावनाहरू पोख्न सकेमा राष्ट्र जोगिने छ भन्नु भयो ।

स्व. जिवनलाल श्रेष्ठका अनुयायी कपिलमान खड्गीले २०४६को आन्दोलनले देशमा भयानक आँधीवेरी ल्याउनेछ भनेर नयाँ सडकको पिपलबोटमा एक्लै कालो झण्डा देखाएर त्यो कथित आन्दोलनको सख्त विरोध गरेको थिएं भन्नुभयो । आन्दोलन पश्चातको कांग्रेस, एमालेले माओवादी आतंककारी जन्माए । माओवादी विद्रोहले राष्ट्रलाई गहिरो खाडलमा जाक्ने कडी हुन पुग्यो । त्यसैले राष्ट्रवादीहरूको सरकार हर हालतमा नेपालमा स्थापना गर्न सक्नु पर्छ तर ३० वर्ष देखि राष्ट्रघातीहरूको सरकार मात्र बने यिनीहरूले नेपाललाई दुबाए भन्नु भयो ।

राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका उप–प्रमुख शंकर मघैयाले जिवनभर अभाव र कुनै राजनतिक लाभको लालसा नराखीकन सम्पूर्ण जिवन राष्ट्रको लागि समर्पित गर्नुभएका जिवनलाल श्रेष्ठलाई वामपन्थी र गणतन्त्रवादीहरूले पद प्रलोभन नदेखाएको होइन तर हामीले नै वहाँलाई यस्तो अवसरमा होमिनु हुँदैन भनेर रोकेका थियौं भन्नु भयो ।

स्व. श्रेष्ठका अभिन्न मित्र कृष्णलाल श्रेष्ठले हामी राजावादी होइनौं हामी सच्चा राष्ट्रवादी हौं । एक्लै भएपनि लडी रहने छौं । २०३६, २०४६, २०६२–६३ का आन्दोलनहरूमा राष्ट्रिय चिन्तन नभएकोले अराष्ट्रिय परिणाम हामीले भोग्दैछौं भन्नु भएको सो कार्यक्रममा मञ्चका महासचिव मदन राम कर्माचार्यले जनताले सोचेका परिणाम नआएमा जनताले जुनसुकै व्यवस्थाको विरुद्धमा विद्रोह गर्नु जनताको नैसर्गिक अधिकार हो भन्नु भयो भने सो कार्यक्रम नविन श्रेष्ठले संचालन गर्नु भएको थियो ।

राजा महेन्द्रले स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल भन्ने महानवाणी आजको दिन चरितार्थ भएको छ । नेपाललाई सम्हाल्ने कुनै निकाय छैन । देशको यस्तो दयनिय अवस्थामा राष्ट्रवादी राष्ट्रवादी राजनीतिक जनजागरण अभियानले आजको आधुनीक नेपालको राजनीतिले नेपाल देश महासंकटमा फसेको र फस्दै गैराखेको छ । श्री ५ महेन्द्रबाट २०१७ साल पौष १ गतेको शाही कदम चलाएर देशको अस्तित्व जोगाईबक्सि नेपाललाई एक स्वाधिन, कुनै पनि शक्ति राष्ट्र र कसैको पिछलग्गु राष्ट्र नबनाएकै कारण आज नेपाल र नेपाली भूरक्षित भएको हो । ब्रह्मले देखेको सत्य तथ्य कुरालाई हामी सार्वभौम नेपाली नागरिकले सेतोलाई सेतो नै भन्नु पर्छ, कालोलाई कालो नै भन्नु पर्छ ।

संचार जगतको पहुँच नभएको त्यो बेला आजभन्दा ६४ वर्ष अघि आजकै दिन नेपाललाई संयुक्त राष्ट्र संघमा सदस्यता नदिलाईबक्सेको भए विश्व मानचित्रमा नेपालको नक्सा भेट्दैनथ्यो भन्ने कुरा अहिलेको राजनीतिक घटनाक्रमले छर्लङ्ग पारेको छ । साहित्यकार, कवि हृदयका धनी, मर्मज्ञ महेन्द्र राजाबाट जिवनभर भोगेका कठिनाई, के गर्ने के नगर्ने भन्ने सारलाई एकै वाक्यमा चित्रित गरी हामी नेपाली माझ त्यस युगको सन्देश छोडि गएका थिए । “म मरे पनि मेरो देश बाँची रहोस” युग प्रवर्तक श्री ५ महेन्द्रको योगदानलाई सम्झेको छ ।

भिडियो हेर्नुहोस् :


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.