Nepal's No. 1 Digital Newspaper

दबंग ३’ ले छाप्ला तीन सय करोड ?

 बलिउडमा एउटा कहावत छ, ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले ।’ यो भन्नुको कारण हो, आजसम्म बलिउडमा सलमानले जति हिट फिल्म अरु अभिनेताले दिन सकेका छैनन् ।

उनै, सलमान तेस्रो पटक चुलबुल पान्डे बनेर आउँदैछन् । उनको प्रमुख भूमिका रहेको फिल्म ‘दबंग ३’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।  यो फिल्मबाट चुलबुल पान्डे आफ्ना फ्यानलाई क्रिसमस र न्यू ईयरको उपहार दिँदैछन् । फिल्मको एडभान्स बुकिङ खुल्ला भैसकेको छ । फिल्मले भारतमा अहिलेसम्मकै सर्वाधिक स्क्रिन पाएको छ ।

Order Now: 98510-87891

एक्सन, कमेडी र इन्टरटेन्मेन्टबाट भरपूर ‘दबंग ३’ को बक्सअफिस कलेक्सनमा सबैको आँखा अडिएको छ । फिल्मले पहिलो दिन ४५ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ । तीन सय करोडमा ह्याट्रिक मारिसकेका सलमान आफ्नो हरेक नयाँ फिल्मबाट पुरानो फिल्मको रेकर्ड ताड्ने गर्दछन् । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘टाइगर जिन्दा हे’ हो । जसको लाइफटाइम कलेक्सन ३३९ करोड थियो ।

यसपछि ‘बजरंगी भाईजान’ ले ३२० करोड र ‘सुल्तान’ ले ३ सय करोड कमाएको थियो । त्यस्तै, उनको दुई दर्जन फिल्म सय करोडमा सामेल छन् ।  फिल्मको हाइप हेर्दा ‘दबंग ३’ ले ३ सय करोडको आँकडा पार गर्नसक्ने देखिन्छ । फिल्मलाई क्रिसमस र न्यू ईयर होलिडेको फाइदा मिल्नेछ । अब हेर्न यो बाँकी छ कि सलमानको तीन सय करोड क्लबमा सामेल तीन फिल्मभन्दा ‘दबंग ३’ ले कसको कलेक्सनलाई उछिन्नेछ । ‘दबंग’ को पहिलो पार्टले १ सय ३९ करोड र दोस्रो पार्टले १ सय ५५ करोड छापेको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.