Nepal's No. 1 Digital Newspaper

प्रचण्डको परिवारले गर्यो यस्तो हर्कत्, गरिबको घर बनाउँन बाधा दिइयो (चिठ्ठी सहित)

भरतपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले चितवनमा निर्लज्ज हर्कत गरेको छ । प्रचण्डले धुमधाम प्रचार सहित अभिभावकत्व लिएका बालक अरुण मुसहरको परिवारको विचल्ली अवस्थामा उद्दार गर्न अगाडि सरेका कांग्रेस नेतालाई प्रचण्ड परिवारले छेकेको छ ।

गत वर्ष प्रचण्डले अरुण मुसहरको अभिभावक बनेको घोषणा गरेर ठूलो प्रचारप्रसार गरेका थिए । तर, प्रचण्डको अभिभावकत्व सस्तो प्रचारका लागि मात्र सावित भयो । बालक र उनको परिवार अत्यन्त विपन्न अवस्थामा विचल्लीमा रह्यो । एक वर्षसम्म प्रचण्डको परिवारले अरुण र उनको परिवारसँग सम्पर्क समेत गरेन ।

Order Now: 98510-87891

अरुणको परिवार घामपानी नछेक्ने छाप्रोमा बसिरहेको छ र बालकले पेटभरी खान समेत पाउँदैनन् भन्ने समाचार सार्वजनिक भयो । त्यसपछि कांग्रेस नेता दिनेश कोइरालाले अरुण सहित उनको छिमेकीमा विजोग अवस्थामा रहेका पाँच परिवारको घर बनाइदिने घोषणा गरे । सार्वजनिक जग्गामा बसिरहेको अरुणको परिवारलाई सोही ठाउँमा घर बनाइदिन दिनेशले वडा कार्यालयबाट लिखित अनुमति पत्र पनि लिए ।

त्यसपछि नेता दिनेश कोइरालाको टोलीले अरुणको परिवारको छाप्रो भत्कायो । छाप्रो भत्काउनासाथ प्रचण्ड र उनकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्तक्षेप गरेर मुसहर परिवारको घर बनाउन दिएनन् । प्रचण्डको इज्जत प्रतिष्ठा जोडिएको भन्दै रेणु दाहालले आफै पाँच परिवारको घर बनाइदिने निर्णय गरिन् । रेणुले आफ्नै लगानीमा घर बनाइदिन लागेकी भने होइनन् । उनले महानगरपालिकाको पैसामा घर बनाइदिन लागेकी हुन् ।

महानगरपालिकाले अब कहिलेसम्म घर बनाइदिने भन्ने अनिश्चित रहेको छ तर दिनेशको टोलीले भने तत्कालै घर बनाइदिने भएको थियो । सामाजिक कार्यलाई समेत प्रचण्डको परिवारले प्रतिष्ठाको विषय बनाउँदै भाँजो हाल्न थालेकोमा चितवनका जनता अचम्भित भएका छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.