Nepal's No. 1 Digital Newspaper

निर्धारित समय पाँच महिनाअघि नै सकियो काठमाडौं विमानस्थलमा नयाँ कालोपत्रे राख्ने काम

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे को जिर्णेद्धारको काम सम्झौताको समय बाँकी हुँदै सकिएको हो।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र एप्रोनमा नयाँ कालोपत्रे हाल्ने कामका लागि सन् २०१८ को नोभेम्बरमा सम्झौता भएको थियो। म्झौताअनुसार सन् २०२० को मे मा काम सकिनुपर्ने थियो।

Order Now: 98510-87891

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेश्नल एरो टेक्नोलोजी इन्टरनेश्नल इन्जिनियरिङ कोअपरेशनबीच भएको सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण काम सकिएको हो।

तर चिनियाँ कम्पनीले तोकिएभन्दा पाँच महिना अघि नै काम सम्पन्न गरेको हो।

कालोपत्रेमात्र परिवर्तन गर्नुपर्ने काम भएको र अर्कोतिर चिनियाँ कम्पनीले प्रविधिको प्रयोगबाट नेपाली पक्षले सोचेभन्दा छिटो काम सकिएको हो।

निर्माण कम्पनीले मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

निर्माणको काम सकिएसँगै विमानस्थल अब २१ घण्टा सञ्चालन हुने छ। यसअघि निर्माणका लागि भन्दै पहिलोचरणमा १० घण्टा र दोस्रो चरणमा ६ घण्टा विमानस्थल बन्द गरिएको थियो।

धावनमार्गको केन्द्रबिन्दुमा लाइट पनि राख्नुपर्ने यो कामका लागि कूल ४ अर्ब २७ करोडमा सम्झौता भएको थियो।

विमानस्थलको काम समय अगावै सकाएर निर्माण कम्पनीले ठूलो गुण लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। भिजिट नेपाल २०२० को अभियानमा रहेको नेपालका लागि एकमात्र विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा कठिन अवस्थाको सम्भावनालाई कम्पनीले टारिदिएको उनको भनाइ छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.