आज राजधानीमा ‘राष्ट्रिय झण्डा दिवस’ मनाइयो
राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनको भनाइ छ । ‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन्,’ उनले भने, ‘झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो ।’
राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि जनाए । झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन । ‘५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैलाई थाहा छैन, उनले भने, ‘झण्डा बोक्नु ठूलो कुरा होइन् । यसको मान, सम्मान र आचारसंहित बुझ्नु जरुरी छ ।’
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डा पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताए ।
सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।