Nepal's No. 1 Digital Newspaper

सांसद विद्या भट्टराईले जनाईन् जनताको आशालाई निराशामा नबदल्ने प्रतिवद्धता

काठमाडौं

 कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

Order Now: 98510-87891

‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उनले भनिन् ।

संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् । उपनिर्वाचनमा उनले २४ हजार ३९४ मत ल्याएकी हुन् । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.