Nepal's No. 1 Digital Newspaper

अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा

नयाँदिल्ली : अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ । अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा मुछिएको हो ।

उनीहरुले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् । उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ । फिल्मले तानाजी भन्दै मराठा समुदायलाई देखाएको संघको आरोप छ । जब कि, तानाजीको खास वंश क्षेत्रीय महादेव कोली रहेको विश्वास छ ।

Order Now: 98510-87891

फिल्मको उक्त नामबारे पनि यसअघि नै विवाद भइसकेको थियो । मराठी जानकारहरुले निर्माताले असली नाम ‘तानाजी’लाई तोडमोड गरी ‘तान्हाजी’को रुपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन् । तर निर्देशकले जवाफ दिँदै भनेका छन्, ‘इतिहासको पाना पल्टाउनुस्, त्यहाँ पनि उनको नाम तान्हाजी नै छ ।’ संयोगवश अभिनेता अजय देवगनको यो १ सयौं फिल्म हो ।

ॐयस फिल्ममा अजयसँगै काजोल, सेफ अली खान, शरद केलकर, ल्युक केनी, जगतपति बाबु लगायतको अभिनय छ । फिल्म आगामी जनवरी १० मा सार्वजनिक हुने बताइएको छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.