Nepal's No. 1 Digital Newspaper

अमेरिका माथि टर्कीले दियो हवाइ आधार बन्द गरिदिने चेतावनी

टर्कीमाथी अमेरिकाले लगाएको प्रतिबन्धमा टर्कीले असन्तुष्टि व्यक्त गरेको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानले यसबारे बोल्दै भने,‘ अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं । ’ टर्कीका राष्ट्रपति एर्दोगानले इनसर्लिकको अतिरिक्त मलाक्या प्रान्तको अदानामा रहेको कुरेसिच रडार स्टेशनलाई पनि बन्द गर्ने विकल्प आफूहरुसँग रहेको बताए ।

कुरेसिच बेसमा अमेरिकी सेनाको महत्वपूर्ण रडार छ । यो रडारले अमेरिका र नेटो संगठनका देशहरुलाई मिसाइल प्रक्षेपणको जानकारी दिन्छ । अमेरिकी सिनेटले बुधबारनै टर्कीमाथि प्रतिबन्ध लगाउने एक प्रस्ताव पारित ग-यो । टर्कीले अघिल्लो वर्ष रुसबाट एस – ४०० मिसाइल डिफेन्स प्रणाली किन्ने सम्झौता गरेकोले अमेरिका रुष्ट छ ।

Order Now: 98510-87891

अमेरिकी प्रशासनले यस अघि टर्कीसँग गरेको एफ – ३५ युद्ध विमानको सम्झौता रद्द गरिसकेको छ । अन्य नेटो देशहरुले पनि एस – ४०० को खरिदलाई लिएर टर्कीसँग दुरी कायम गरेका छन् ।

माथिल्लो सदन सिनेटले आमेर्नियाली नरसंहार विधेयक पासबाट पनि टर्की रुष्ट

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले हालै १०० वर्ष पहिले आर्मेनियाली माथि भएको नरसंहारबारे प्रस्ताव पारित गरेर त्यसको निन्दा गरेका थियो । आर्मेनियाली नरसंहार सन् १९१५ अप्रिल २४ मा शुरु भएको थियो ।
तत्कालिन अटोमन साम्राज्यले त्यहाँ करिब १५ लाख अल्पसंख्यकहरुको क्रुर हत्या गराएको थियो । यसलाई जर्मनीको नाजिद्वारा गरिएको नरसंहारपछि ससारको दोस्रो ठूलो नरसंहार मान्ने गरिन्छ । अमेरिकी सिनेटले यसलाई नरसंहारको साटो आर्मेनियाली नागरिकहरुको सामूहिक हत्याकाण्ड बताएको थियो ।

टर्की प्रस्तावका कारण दुई देशको सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिएको थियो ।

अर्थव्यवस्थालाई ध्वस्त बनाउने धम्की, पहिले पनि टर्कीमाथि प्रतिबन्ध

यस अघि दुई महिना पहिले जब टर्कीले सिरियामा कुर्द विद्रोहीविरुद्ध अपरेशनको घोषणा गरेको थियो तब ट्रम्पले टर्कीस् अर्थव्यवस्थालाई ध्वस्त बनाउने धम्की दिएका थिए । इस्लामिक आतंकवादी संगठन आईएसलाई हराउन अमेरिकालाई महत्वपूर्ण सहयोग प्रदान गरेको कुर्दविरुद्ध टर्कीको आक्रमणको सर्वत्र विरोध भएको थियो ।

त्यसमा ट्रम्पले एर्दोगान सरकारमाथिको प्रतिबन्धको घोषणा गरेको थियो । पछि टर्कीले कुर्दमाथिको अपरेशन बन्द गरिदिए । ट्रम्पले उनीसँग सिरियाली कुर्दसम्बन्धमा सम्झौताको अपील गरेका थिए । यसको अतिरिक्त रुसबाट एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली किनेकोमा पनि टर्कीमाथि काट्सा कानून अन्तर्गत प्रतिबन्ध लगाएको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.