Nepal's No. 1 Digital Newspaper

अनुसन्धान विभागसँग सम्बन्धित विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संघीय संसद्‌मा दर्ता गराएको ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ स्वीकार्य नहुन बताएको छ । सरकारले अनुसन्धान विभागसँग सम्बन्धित विधेयक संघीय संसदको राष्ट्रियसभामा दर्ता गराएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।

Order Now: 98510-87891

विधेयकमा संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्नेगरी राखिएको प्रावधान संविधान प्रतिकूल भएकाले स्वीकार्य नहुने कांग्रेसले बताएको छ।

कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हक प्रतिकूल भएको विधेयक फिर्ता गर्न माग गरेका छन्।


उनले विज्ञप्तिमा नागरिकका स्वतन्त्रता र हितविपरीत हुने विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई सचेत गराएका छन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.