Nepal's No. 1 Digital Newspaper

पौडेल पक्ष आज पनि केन्द्रीय समिति बैठकमा सहभागि नहुँने

काठमाडौँ

नेता रामचन्द्र पौडेल पक्षले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षका वार्ता समिति सदस्य हृदयराम थानीले जानकारी दिए ।

Order Now: 98510-87891

‘हाम्रो मुख्य अडान १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा पेस हुनुपर्छ भन्ने हो। कार्यतालिका पेस नगर्दासम्म हामी बैठकमा सहभागि हुँदैनौं,’ केन्द्रीय सदस्य थानीले भने।
पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो।


असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित शनिबार बिहान उनकै निवासमा पुगेका थिए। पौडेलले कार्यातालिकाको अडान दोहर्‍याएपछि दिउँसो वार्ता समितिमा छलफल गर्ने गरी बैठक विना निष्कर्ष टुंगियो। साँझ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा सस्थापन पक्षबाट उपसभापति निधि तथा पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडू र थानीबीचको वार्तामा पनि कुरा मिलेन।


आइतबार बिहान पुनः निधिले पौडेल पक्षमा महामन्त्रीबीच विवाद समाधानका विषयमा छलफल भएपनि कुनै सहमति बन्न सकेन। ‘उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल सम्पन्न भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘चार मुख्य विषयमा पार्टीभित्र सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको छ।’
कार्यतालिका ल्याउने, नेविसंघ र तरुण दलको महाधिवेशन आयोजक समिति बनाउने, विभागको संख्या थप र पार्टीमा समिति र क्रियाशील सदस्यता समायोजनमा सहमति निर्माण गरेर अगाडि बढ्ने प्रयासमा निधि लागेका हुन।


निधिले केन्द्रीय कार्यसमिति बैठक बस्नु अगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता सिंहसँग पनि विवाद समाधानका विषयमा छलफल गर्ने प्रवक्ता शर्माले बताए।
केन्द्रीय कार्यसमिति बैठक १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.