Nepal's No. 1 Digital Newspaper

कलाकार दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा निधन

कलाकार दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा निधन भएको हो । कलाकार दीपक क्षेत्रीको घरमै सुतिरहेको अवस्थामा निधन भएको वुझिएको छ । उनको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

एक चलचित्रको लागि डबिङ गरेपछि दीपक आफ्नै निवास डिल्लिबजारमा सुतेका थिए । शनिबार बिहानसम्म पनि ढोका नखुलेपछि उनका छोराले प्रहरी बोलाएर प्रहरीले ढोका फोडेर हेर्दा उनको निधन भैसकेको थियो ।

Order Now: 98510-87891

उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया गरिएको थियो । क्षेत्रीले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गते रिलिज भएको थियो । उनले अभिनय गरेका ‘मसान, राज्जारानी, जीवनदान, सिमाना’ लगायतका चलचित्र छन् । उनको आवाज र उनको अभिनयको तारिफ दर्शक र चलचित्रकर्मीले गर्ने गर्दथ्य ।

दीपक क्षेत्रीको श्रीमती विपना बस्नेत मलेसिया रहेका कारण उनको अन्तेष्टी आइतबार मात्र गरिनेछ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.