Nepal's No. 1 Digital Newspaper

जगदम्बा मोटर्सको मेकानिक बादशाह बने पोखराका पोष्टराज तिमल्सिना

काठमाडौं, २७ मङ्सिर । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले मेकानिकको बादशाह छनौटका लागि काठमान्डौमा प्रतियोगिता आयोजना गरेको थियो । मङ्सिर २५ देखी शुरु भएको सो प्रतियोगिता २७ गते आज समापन भयको छ ।

बुधबार एक विशेष कार्यक्रमको आयोजना माझ जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवाल, सर्भिस हेड अमरदीप मजुमदार र नाटुका सल्लाहकार माधवप्रसाद पाण्डेले सो प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा भाइस प्रेसिडेन्ट अग्रवालले टीभीएसले सधै गुणस्तरीय सेवामा ध्यान दिने गरेको बताउँदै मेकानिक्सहरुको सम्मानले आगामी दिनमा टीभीएसको बिक्री पछिको सेवा थप गुणस्तरीय हुने बताए ।

Order Now: 98510-87891

कम्पनीले देशभरबाट अन्तिम चरणमा भैरहेको राष्ट्रिय स्पर्धाका लागि १३ मेकानिक्सहरु छनौट गरेको थियो । कम्पनीले पहिलो चरणमा डिलर मार्फत देशका विभिन्न स्थानमा प्रतिस्पर्धा गराएको थियो । पहिलो चरणमा कुल ९० जनाले भाग लिएको उक्त स्पर्धाबाट कुल ७० जना हुँदै दोस्रो चरणका लागि ३३ जना छनौट गरिएको थियो ।

दोस्रो चरणमा क्षेत्रगत रुपमा ईटहरी, नारायणगढ र नेपालगंजबाट क्रमश ३ र ३ जना र काठमाडौंबाट ४ जना गरि कुल १३ जनालाई ३३ जना बिच भएको प्रतिस्पर्धाबाट उत्कृष्टताका आधारमा छनोट गरिएको थियो ।

बुधबार देखि प्रारम्भ भएको सो प्रतिस्पर्धाको समापन आज शुक्रबार एक बिषेश कार्यक्रमका साथ गरियो । यसरी विभिन्न चरणबाट छनोट भई राष्ट्रिय स्पर्धामा सहभागी मध्ये उत्कृष्ट तीन जना मेकानिक्सहरुले भारतको बैंगलोरमा आगामी जनवरी दोस्रो हप्ताबाट शुरु हुने ग्लोबल स्किल कम्पिटिसनमा सहभागी हुने अवसर पाउने जगदम्बा मोटर्सले जनाएको छ । उक्त प्रतियोगितामा विश्वभरबाट १८ देखी २० देशले सहभागिता जनाउने अनुमान छ ।

यसै क्रममा जगदम्बा मोटर्सका ट्रेनिङ हेड बद्री प्रसाद अधिकारीसँग प्रतियोगिता आयोजना बारे राखेको प्रश्नको जवाफ दिने क्रममा उनले प्रस्टयाउदै भने ‘नयाँ नयाँ आविस्कार अनुरुप सैद्धान्तिक सिप बिकास र ब्यवहारिक ज्ञान हासिल हुने हुँदा प्राविधिकले ग्राहकलाई संतुस्टि दिन सक्ने र सर्भिस सेन्टरको स्तरिकरणमा सहयोग पुग्ने उहाले बताउनुधयो’ ।

आज भएको सो प्रतिस्पर्धाको समापन कार्यक्रमा बिजय प्रतिस्पर्धी लाई बिषेश धन्यबाद दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवालले पुरस्कार बितरण गर्ने क्रममा सैद्धान्तिक सिप, ब्यवहारिक ज्ञान र प्रबिधिक बिकासका बारेमा बौल्द बिजय प्रतिस्पर्धी लाई पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भायो ।

उक्त प्रतिस्पर्धामा पोखराका पोष्टराज तिमिल्सिना प्रथम भएका छन् भने बुटवलका राजेश पन्थि र दाङ्गका मोहमद उसमान सिहीकी क्रमस दोस्रो र तेस्रो भएका छन् । उक्त प्रतिस्पर्धामा बिजयी प्रतिस्पर्धी ले क्रमस २५,०००/-, १५,०००/- र १०,०००/- पुरस्कार प्राप्त गर्नुका साथै मेकानिक बादशाहको टाइटल पनि प्राप्त गरेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.