Nepal's No. 1 Digital Newspaper

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण

काठमाडौं । सरकारको योजना अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई सेनिटरी प्याड वितरण गर्ने ०७६–०७७ को जेठ १५ को बजेट भाषणबाट नै सार्वजनिक गर्यो । तर आ.व. सुरु भएको ५ महिना पुगिसक्दासम्म पनि प्याड वितरणको कार्यक्रम सुरु हुन सकेको छैन ।

सेनिटरी प्याड वितरणको कार्यक्रम भदौमा सुरु गर्ने भनिए पानि कात्तिक महिनाको १५ गते कार्यक्रम आयोजना गरेर सुरु गरिने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेको वितरण कार्यक्रम पटक पटक समय तोक्दा  पनि सुरु हुन सकेन् ।  

Order Now: 98510-87891

आर्थिक वर्षको आधासम्म पनि उक्त कार्यक्रम सुरु हुन नसक्दा सस्तो लोकप्रियताका लागि सरकारले नागरिकलाई झुक्याउने काम गरेको धेरैको भनाइ आउन थालेको  छ ।  

के कारण ले ढिलाइ भएको

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने पुस महिनाभर उक्त कार्यक्रम कुनै पनि हालतमा सुरु गरिने बताएको छ । निर्देशिका नबन्दा सेनिटरी प्याड वितरण कार्यक्रम सुरु हुन समय लागेको मन्त्रालयको भनाइ  छ । मन्त्रालयकी उपसचिव दिव्या तिवारीका अनुसार अर्थ मन्त्रालयले आवश्यकता अनुसारको बजेट विनियोजन नगर्दा पनि प्याड वितरण कार्यक्रम ढिलाइ भएको बताइन् ।

‘बजेट विनियोजन र निर्देशिका समयमा नबनेको हुँदा प्याड वितरणमा ढिलाइ भएको हो, अहिले बजेट पनि विनियोजन भइसकेको छ र निर्देशिका पनि तयार भएको छ । पुस महिनामा कार्यक्रम सुरु गर्छाैँ’, प्याड वितरणमा कुनै पनि समस्या छैन, उपसचिव तिवारीले बताइन् ।

२० हजार विद्यालय र १३ हजारभन्दा धेरै बालबालिका सहभागी

यस कार्यक्रममा २० हजार सामुदायिक विद्यालय सहभागी हुने छन् । ती विद्यालयका महिनावारी उमेरका १३ हजारभन्दा धेरै बालबालिकालाई पहिलो कार्यक्रममा समावेश गरिने मन्त्रालयको भनाइ  छ ।

आ.व. ०७६–०७७ को लागि अर्थ मन्त्रालयले एक अर्ब भन्दा बढी नै रकम विनियोजन गरिएको हुँदा यो आर्थिक वर्षमा प्याड वितरणमा कुनै पनि समस्या नहुने उपसचिव तिवारीले बताइन् । सचेतना फैल्याउने कार्यक्रम भएको हुँदा पहिलो कार्यक्रमको सुरुवात सङ्घीय सरकारले गरे पनि विस्तारै स्थानीय निकायलाई जिम्मेवारी हस्तान्तरण गर्दै जाने योजनामा मन्त्रालय रहेको छ ।

सेनिटरी प्याड प्रयोगपछि व्यवस्थापनको जिम्मा भने परिवार योजना महाशाखालाई दिइएको छ . स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने सेनिटरी प्याड किनेर वितरण गर्नुभन्दा घरायसी प्याड प्रयोगमा सरकारले चासो दिनुपर्ने बताउँदै आएका छन् ।

साथै प्याड नै वितरण गर्ने हो भने विदेशी संस्थासँग खरिद गर्नुभन्दा नेपालमै प्याड उत्पादनलाई प्राथमिकता दिने हो आफ्नै देश प्याड उत्पादनमा आत्मनिर्भर हुनुका साथै धेरैले रोजगारी पाउने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.