Nepal's No. 1 Digital Newspaper

पानीमा पनी १३औं साग पदक विजेताको नगरपरिक्रमा

मंसिर २७ गते । हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ । पानी परेपछि निर्धारित समयभन्दा करिव साढे १ घण्टापछि मात्रै नगर परिक्रमा सुरु गरिएको थियो । तालिकाअनुसार बिहान ११ बजे नै त्रिपुरेश्वरबाट यात्रा सुरु गरिने थियो ।

Order Now: 98510-87891

त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।

पानी परेपनि यही रुटअनुसार परिक्रमा गराइने राखेपले बताएको छ । बुधबार सकिएको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए ।

मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.