Nepal's No. 1 Digital Newspaper

बाजुरामा हिमपात र वर्षा

बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ । 

हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले जानकारी दिनुभएको छ । चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । 

Order Now: 98510-87891

चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ । जिल्लामा कात्तिकबाटै चिसो बढ्न शुरु भएको हो । 

जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.