Nepal's No. 1 Digital Newspaper

भारी हिमपात र हल्का वर्षा हुने

काठमाडौं, मंसिर २६ पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।

Order Now: 98510-87891

पूर्वानुमानका अनुसार देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूवी भू–भागमा सामान्य बदली हुनेछ । पश्चिम भेगका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।

यसैगरी विहीबार राति देशभरी नै सामान्यदेखि पूर्ण बदली भई पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको महाशाखाले जनाएको छ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.