Nepal's No. 1 Digital Newspaper

विदेशी एयरलाइन्सलाई भ्रमण वर्षमा सघाउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं

नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको बताएका हुन् ।

Order Now: 98510-87891

सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको सङ्गठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे विदेशी एयरलाइन्सहरूलाई जानकारी गराउँदै विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुमा भम्रण वर्षको विशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए । उनले नेपाल आउने पर्यटकरुका निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे ।
मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रदर्शनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्षका बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखिदिन आग्रह गरे ।

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए ।

बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अध्यक्ष टङ्कनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए । बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे ।


छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सलाई समस्या हुने कुनै नीतिगत समस्या भए समाधानका लागि मन्त्रालय तयार भएको बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० को तयारी विषयमा जानकारी  दिएका थिए । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.