Nepal's No. 1 Digital Newspaper

“सागका स्वर्ण विजेतालाई २५ लाख देऊ” खेलकुद मन्त्रीलाई बर्खास्त गर – तरुण दल

काठमाडौं, मंसिर २५ | नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँका दरले सम्मान गर्न माग गरेको छ । आज विज्ञप्ति निकाल्दै तरुण दलले सरकारसंग यस्तो माग गरेको हो ।

खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ ।

Order Now: 98510-87891

यस्तै, रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने माग गरिएको छ । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै प्रतियोगितामा दोस्रो भएको छ । यस्तै १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदकसहित भारत पहिलो भएको छ । साथै तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ ।

खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न माग गरेको छ । तरुण दलले खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुलाई दौरा सुरुवाल उपलब्ध गराएको भनेको छ ।

‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.