१३ औं साग : ३५ वर्षपछि घरेलु मैदानमा स्वर्णिम खुसियाली
काठमाडौं, २४ मंसिर । यस पटक भने नेपालले भुटानलाई २-१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जितेको छ । नेपालले घरेलु मैदानमा दोस्रो पटक फुटबलमा स्वर्ण जितेको हो । समग्रमा चौथो स्वर्ण भए पनि घरेलु मैदानमा भने सन् १९८४ को पहिलो संस्करणपछि यसै वर्ष स्वर्ण जितेको हो ।
नेपालका लागि खेलको खेलको १६ औं मिनेटमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दवावमा देखिएको भुटान ३६ औं मिनेट भने खेलमा फर्कियो । भुटानका लागि छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका हुन् ।
सन् १९९९ मा आठौं संस्करणमा नेपाल फाइनल पुगे पनि बंगलादेशसंग १-० ले पराजित भएको थियो । यस पटक नेपालले भुटानलाई २-१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जितेको हो । यसबाहेक नेपालले सन् १९९३ र २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।
दशरथ रंगशालमा करिब १५ हजार दर्शक अगाडि नेपाललाई स्वर्ण जिताउन अभिषेक रिजाल र सुनिल बलले गोल गरे । सन् १९९९ मा खेलाडीको रुपमा फाइनल हारेका प्रशिक्षक बालगोपाल महर्जनले यस पटक प्रशिक्षकको रुपमा स्वर्ण जिते ।
उनले खेलाडीको रुपमा न् १९९३ मा भने स्वर्ण जितेका थिए । खेलाडीको रुपमा १९९३ मै स्वर्ण जितेका मृगेन्द्र मिश्र, राजेश मानन्धर यस पटक कोचिङ स्टाफका रुपमा थिए भने राखेपका चिफ कोच मिलन भक्त हाडा टिमको सल्लाहकारका रुपमा थिए ।
यस पटक ५ राष्ट्र सहभागी पुरुष फुटबलमा नेपालले अपराजित रहँदै स्वर्ण जितेको हो ।