Nepal's No. 1 Digital Newspaper

साडीमा कति राम्री रेखा ?

कुनै जमाना नेपाली फिल्ममा राज गरेकी अभिनेत्री रेखा थापा अहिले अभिनयसँगै राजनीतिमा पनि सक्रिय छिन् । उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । महिला सशक्तिकरणको मुद्धामा फिल्म निर्माण गर्दै आइरहेकी उनी अहिले नयाँ फिल्मको तयारीमा छिन् । नाम घोषणा नगरिएको फिल्मको क्याप्टेनसिप रेखाले निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।  एक समय रेखा थापा र छोटा पहिरन एकअर्काका पर्याय जस्तै थिए । फिल्मको पर्दामा उनी प्रायः छोटा कपडामा नै देखिन्थिन् ।

उनको छोटा पहिरनले नेपाली फिल्ममा अश्लिलता भित्रिएको बहस पनि एकताका खुबै चलेको थियो । तर, अहिले उनीको शरीरमा छोटा कपडाले स्थान पाउन छाडेका छन् । आजभोली उनलाई ‘रिल र रियल’ दुबैमा आङ छोप्ने कपडामा देख्न पाइन्छ ।  राजनीतिमा प्रवेश गरेपछि उनको पहिरन शैलीमा परिवर्तन आएको कतिपयको ठुम्याइ छ ।

Order Now: 98510-87891

तर, केही समय अगाडि उनले एक अन्तर्वार्तामा आफूले छोटा कपडा लगाउने र लगाइरहने बताएकी थिइन् । यद्यपि, उनले छोटा पहिरन लगाउन नछाड्ने बताए पनि त्यसलाई व्यबहारमा भने लागू गरेकी छैनन् । अचेल उनी विशेषगरि साडी र कुर्था सुरुवालमा देखिने गरेकी छन् ।  शनिबार अभिनेत्री ऋचा शर्माको विवाह समारोहमा पुगेकी रेखाको पहिरनले धेरैको ध्यान खिचेको थियो ।

हातमा रातो चुरा र साडी लगाएर पुगेकी उनी निकै सुन्दर देखिएकी थिइन् । लाग्थ्यो उनी नै बेहुली हुन् ! रातो रंग शुभ मान्ने रेखा साडीमा आफूलाई सहज लाग्ने बताउँछिन् । विवाहका लागि मन मिल्ने साथीको खोजीमा रहेको बताउने रेखालाई छोटा कपडा सुहाउँछ या साडी ? के लाग्छ तपाईंलाई ?


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.