Nepal's No. 1 Digital Newspaper

सोमबार बाँके कोहलपुरको विद्यालय शैक्षिक संस्था बन्द

कोहलपुर, बाँकेको कोहलपुर घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ । संयुक्त विज्ञप्तिमा प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले सोमबार एक दिन विद्यालय बन्द आह्वान गरेको छ ।

स्थानीय त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत कोहलपुर – १० की छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दियर कुल्चिएपछि कोहलपुआइतबार तनावग्रस्त भएको हो । झडप हुँदा प्रहरी र प्रदर्शनकारीबीच करिब दुई दर्जन घाइते भएका छन् । विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस र सार्वजनिक गाडीहरुमा समेत आक्रोशित समूहले तोडफोड गरेको थिए ।

Order Now: 98510-87891

तनावग्रस्त भएको स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.