Nepal's No. 1 Digital Newspaper

कोहलपुर घटनाको विरोधमा नेविसंघका द्धारा काठमाडौंमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, २३ मंसिर । बाँकेको कोहलपुरमा घटनाको विरोध प्रदर्शनमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेपाल विध्यार्थी संघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल विध्यार्थी संघलेञ काठमाडौं जिल्ला समितिले पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको राजीनामा समेत मागे गरी उनीहरुल नाराबाजी गरे ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध ¥याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । नेपाल विध्यार्थी संघका नेता मनोज वैद्यले भने, कोहलपुरमा घटनाको विरोध प्रदर्शनमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।

Order Now: 98510-87891


स्थानीय त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत कोहलपुर – १० की छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दियर कुल्चिएपछि कोहलपुआइतबार तनावग्रस्त भएको हो । झडप हुँदा प्रहरी र प्रदर्शनकारीबीच करिब दुई दर्जन घाइते भएका छन् । विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस र सार्वजनिक गाडीहरुमा समेत आक्रोशित समूहले तोडफोड गरेको थिए ।

तनावग्रस्त भएको स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.