Nepal's No. 1 Digital Newspaper

१३‍‍ औं साग : बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

Order Now: 98510-87891

त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन। यता पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाबमा थियो । दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण  जमायो । 

नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ । खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए ।

दक्षिण एसियाली खेलकुद इतिहासमा नेपाल फाइनल पुगेको यो छैटौं पल्ट हो । पछिल्लो सागको स्वर्ण पदक विजेता नेपालसामु अब त्यस उपाधिको रक्षा गर्ने अवसर हुनेछ ।

नेपालले यसपल्ट फाइनल पुगेर काठमाडौंमा भएका तीनै संस्करणमा यस्तै उपलब्धी हात पारेको कीर्तिमान पनि बनाएको छ । नेपालले सन् १९८४ को पहिलो संस्करणमा फाइनल खेलेको थियो र बंगलादेशलाई हराएर स्वर्ण जितेको थियो । सन् १९९९ को फाइनलमा भने नेपाल बंगलादेशकै हातबाट पराजित रह्यो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.