Nepal's No. 1 Digital Newspaper

प्रदर्शन चर्किएपछि कोहलपुरमा कर्फ्यू

कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि सुरु भएको प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि विद्यार्थी, स्थानीय र बालिकाका आफन्तले प्रदर्शन सुरु गरेका थिए ।

प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएको हो। कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जनाएको छ।
छात्रालाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप हुँदा कोहलपुर दिनभर तनावग्रस्त बनेकोथियो।

Order Now: 98510-87891


आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही दर्जन रबरका गोली र अश्रु ग्याससमेत प्रहार गरेको थियो।झडपमा परी कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाही घाइते भएका छन्।
हात र खुट्टामा चोट लागेका डीएसपी शाहीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको अंगरक्षक राजबहादुर चौधरीले बताए ।

घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.