प्रधानमन्त्री ओलीका विशेष दूत माधव नेपाललाई भेट्न मानेन् मोदीले
काठमाडौं,
सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री ओलीका विशेष दूतका रुप्मा भारत जान लागेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको छ ।
स्रोतकाअनुसार दूत नेपाललाई मोदी सरकारले भेट्न अस्वीकार गरेको उल्लेख गरेको छ । सीमा विवाद भएपछि सरकारले पूर्व प्रधानमन्त्री नेपाललाई विशेष दूतका रुपमा पठाउने तयारी गरेको थियो । यद्यपि मितिबारे यकिन भएको थिएन ।
तर, उक्त समाचारमा डिसेम्बर ४–५ मा नै भ्रमणको तयारी भएपनि रोकिएको दाबी गरिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय पक्षसंग भेटका लागि आग्रह गरिएकोमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन् ।
पछिल्लो समय भारतले जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको भन्दै विरोध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरा तथा कालापानीसमेत समेटिएको नक्सा प्रकाशनमा आएको हो । भारतीय पक्षले नक्सा पूरानै भएको दाबी गरिरहेको छ ।
नेपाल सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भएको प्रमाण् सुरक्षित रहेको दाबी गरेको छ । विवाद समाधानबारे उच्च राजनीतिक र कुटनीतिकस्तरबाट पहल हुन नसकेको भन्दै विरोध भइरहेको छ ।