Nepal's No. 1 Digital Newspaper

१३ औं साग : स्वर्ण जित्नबाट चुकिन् गौरिका

काठमाडौ, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शनिबार भएको महिला १०० मिटर ब्याकस्ट्रोक पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले स्वर्ण पदक जित्न चुकेकी छन् । उनले रजत पदकमै चित्त बुझाइन् ।

शनिबार सातदोबाटोस्थित स्विमिङ भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पार गरिन् । उनी भारतकी मन्ना राजिव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जितेकी छन् । बिहीबार र शुक्रबार सिंहले क्रमस फ्रिस्टाएल र व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

Order Now: 98510-87891

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले फिना वर्ल्डकप २०१८ सिंगापुरमा आफैंले बनाएको ३५.८२ को कीर्तिमानमा सुधार गर्दै ३५.४६ को टाइमिङ निकालिन् । तर डुआना लामा र एलेक्स शाहले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि पदक जित्न सकेनन् । एलेक्सले पुरुष १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०२.१० को नयाँ कीर्तिमान बनाए ।

आठौं राष्ट्रियमा नाथन दोर्जेले राखेको १ मिनेट ०४.०६ सेकेण्डको कीर्तिमान उनले तोडे । आफनो इभेन्टमा डुआवा चौथो हुँदा एलेक्स छैटौँ भएका छन् ।

पौडीमा अहिलेसम्म २२ इभेन्ट सकिँदा नेपालले भने २ स्वर्ण २ रजत र १ कास्य जितेको छ भने भारतले स्वर्णमा दबदबा काय गरेको छ ।

शनिबार भएको सात वटै इभेन्टमा स्वर्ण जितेको भारतले पौडीमा कूल स्वर्ण संख्या १६ पुर्‍याएको छ । श्रीलंकाले भने ४ स्वर्ण जितेको छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.