Nepal's No. 1 Digital Newspaper

१३औं साग : ३५ वर्षको इतिहासमा भुटान पहिलो पटक फाइनलमा, भुटानको अविश्वसनीय यात्रा

१३औं दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षको इतिहासमा भुटान पुरुष फुटबलमा पहिलो पटक फाइनलमा । भुटानका कप्तान चेन्चोले पत्रकार सम्मेलनमा पदकका लागि नभइ राम्रो फुटबल खेल्न काठमाडौं आएको बताएका थिए ।

भने जस्तै भुटानले पुरुष फुटबलको प्रतिस्पर्धामा निकै राम्रो खेल खेल्यो। राम्रो खेल प्रदर्शनले भुटानले कम्तिमा रजत जित्ने पक्का भएको छ।

Order Now: 98510-87891

शनिबार भएको समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३ – ० गोलले पराजित गर्यो । कप्तानबिनाको भुटानले उत्कृष्ट खेल पस्क्यो र फाइनलमा स्थान पक्का गर्‍यो। भुटानले यसअघि समूह चरणमा बंगलादेशलाई १ – ० र माल्दिभ्सलाई २ – १ गोलले पराजित गरेको थियो। समूह चरणमा आयोजक नेपालसँग भने भुटान ४ – ० ले पराजित भएको थियो । राउन्ड रोबिनको आधारमा जारी प्रतिस्पर्धामा ९ अंक जोडेर भुटानले फाइनलमा स्थान पक्का गरेको हो। 

माल्दिभ्स र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुवै टिम दुई दुई अंकमै सीमित रहे । भुटानको जितमा भने १९ औं मिनेटमा छिमी दोर्जे, ६९ औं मिनेटमा दावा छिरिङ र ८० औं मिनेटमा यासी दोर्जेले गोल गरे ।

सागको ३५ वर्षको इतिहासमा भुटानले पुरुष फुटबलमा पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । भुटानले अब स्वर्णका लागि नेपाल र बंगलादेश मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीच आइतबार साँझ साढे ५ बजे खेल हुनेछ । समूह चरणको अन्तिम खेलअघि नेपालको ७ अंक र बंगलादेशको ४ अंक छ ।

नेपाललाई फाइनल पुग्न बराबरी काफी छ भने बंगलादेशलाई जितनै पर्ने दबाब छ । नेपालका लागि बंगालदेशविरुद्धको खेल महत्वपूर्ण छ । किनभने बंगलादेशसँग पराजित भएको अवस्थामा नेपाललाई गोलअन्तरको कुनै पनि काम हुनेछैन । त्यसैले नेपाललाई कम्तिमा बराबरीको खाँचो छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.