Nepal's No. 1 Digital Newspaper

१३ औं साग : पुरुष क्रिकेट, बंगलादेशसंग नेपाल र माल्दिभ्सद्वारा भुटान पराजित

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु–२३ संग ४४ रनले पराजित भएको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

Order Now: 98510-87891

नेपाललाई लक्ष्य सम्म पुग्न नदिन बंगलादेशी बलर सुमोन खान, तन्भिर इस्लाम, सौम्या सरकार, मेहेदी हसनले समान २र२ विकेट लिए ।

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए। ४३ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ्।

यस अघि टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले सर्वा्धिक ७५ रन योगदान दिए । उनले अविजित रहँदै ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र १ छक्का मदतले ५२ रन बनाए ।

नेपालको बलिंगमा पारस खड्काले सर्वा्धिक ३ विकेट लिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बंगलादेशका नज्मुल हुसेन चुनिए।

पुरुष क्रिकेट : माल्दिभ्सद्वारा भुटान पराजित

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा माल्दिभ्सले पहिलो जित दर्ता गर्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा भुटानले दिएको ११८ रनको लक्ष्य माल्दिभ्सले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

माल्दिभ्सको जितमा उमर एडमले अविजित इनिंग खेल्ने क्रममा सर्वा्धिक ३७ रन बनाए । यस्तै एहमद हसनले २९ तथा अज्यान फर्हाथले २२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको भुटानले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो। उसको लागि कप्तान जिग्मे सिंगेले सर्वा्धिक ४० रन बनाए भने सोनम तोब्गेले २४ रन तथा थिन्ले जम्त्सोले १९ रन बनाए। माल्दिभ्स बलर इब्राहिम हसनले ३ विकेट लिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.