Nepal's No. 1 Digital Newspaper

आजको पत्रपत्रिका : नेपालीचेली चम्किए सागमा, ‘नेपालको चामत्कारिक प्रदर्शन’, स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला

काठमाडौं, २१ मंसिर । पत्रिकाहरुमा आज १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको समाचार छ । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् । १३ औं सागमा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । पुरुष खेलाडीले १८ स्वर्ण पदक जितेका छन् । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ । एक स्वर्ण पदक महिला र पुरुषको संयुक्त टिमले जितेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले ‘चेलीले चम्काएको साग’ शीर्षकमा मुख्य समाचार छापेको छ । गौरिका सिंह, सञ्जु चौधरी, नीमा घर्तीमगर, सावित्रा भण्डारी, सन्तोषी श्रेष्ठ, अञ्जली चन्द, आयशा शाक्य, सोनी गुरुङ, निश्मा श्रेष्ठले त १३ औं सागमा नयाँ कीर्तिमानसमेत राखेका छन् ।

Order Now: 98510-87891

सुवास तामाङ बल ब्वाई बने च्याम्पियन

कान्तिपुर दैनिकमा सुवास तामाङको संघर्षको कथा । नेपाललाई पहिलो पटक सागमा गल्फतर्फ स्वर्ण दिलाउने सुवास तामाङ । तामाङ कुनै दिन अरुले प्रहार गरेको बल टिपेर ४०-५० रुपैयाँ थाप्थे । अहिले १७ वर्षको कलिलै उमेरमा उनले नेपाललाई पहिलो पटक सागमा गल्फतर्फ स्वर्ण दिलाए, त्यो पनि दुईवटा ।

सागमा ‘नेपालको चामत्कारिक प्रदर्शन’ शीर्षकको राजधानी दैनिकले मुख्य समाचार छापेको छ ।

गोरखापत्र दैनिकले मानव बेचबिखन सञ्जाल सक्रिय भएको समाचार छापेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्ने संगठित सञ्जालले नयाँ रुट प्रयोग गर्न थालेको र विदेशमा पुर्‍याएर अलपत्र बनाउने क्रम पनि बढेको समाचारमा उल्लेख छ ।

लोकप्रिय मतमा नेकपालाई कांग्रेसले पछ्याए

लोकप्रिय मतमा नेकपालाई कांग्रेसले पछ्याएको समाचार कान्तिपुरले भित्री पृष्ठमा उपनिर्वाचनको समीक्षा गरेर समाचार छापेको छ ।

समाचारमा कान्तिपुर लेख्छ- उपनिर्वाचनमा जितेको पद संख्यामा सत्तारुढ नेकपाले कांग्रेसलाई धेरै पछाडि पारे पनि लोकप्रिय मत भने थोरै मात्र अन्तर छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका रिक्त ५२ स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा र जनमोर्चाको गठबन्धनले ३१ स्थान जित्दा कांग्रेसले १३ मात्रै जितेको छ । वाम गठबन्धनले ६० र कांग्रेसले २५ प्रतिशत स्थान जितेका हुन् । लोकप्रिय मत अन्तरमा भने कांग्रेस वाम गठबन्धनभन्दा ५ प्रतिशतले मात्रै पछाडि छ ।

अमेरिका सैन्य सहकार्य बढाउन इच्छुक :

अन्नपूर्णमा नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले नेपालसँग सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक रहेको समाचार पनि छ । सहयोग प्रतिबद्धतामा अमेरिकाले कुनै कुञ्जुस्याइँ नगर्ने बताउँदै उनले दुई स्काई ट्रक चाँडै काठमाडौं आउने पनि बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.