Nepal's No. 1 Digital Newspaper

१३ औं साग : पुरष क्रिकेट खेलमा नेपालसंग माल्दिभ्स पराजित

१३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

टियु मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो ।

Order Now: 98510-87891

माल्दिभ्सको लागि मोहमद आजमले सर्वा्धिक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले समान २–२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थिया े।

नेपालको लागि करन केसीले सर्वा्धिक ४० रन बनाए । केसीले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै दिपेन्द्र ऐरीले ३९, आरिफ शेखले १७, ज्ञानेन्द्र मल्लले १९ तथा पारस खड्काले ११ रन बनाए । माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वा्धिक ३ विकेट तथा अमिल मौरुफले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी चुनिए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.