Nepal's No. 1 Digital Newspaper

गुड विभ फाउण्डेसनद्वारा गलैचा निर्यातकर्ता र विदेशी आयातकर्ता सम्मानित

काठमाडौं, २० मङ्सिर – गुड विभ फाउण्डेसनले ३ उत्कृष्ट गलैचा निर्यातकर्ता उद्योग र एक आयातकर्ता विदेशी कम्पनीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा निर्यात तर्फ क्रमश : प्याराडाईज कार्पेट इण्डस्ट्रिज- प्रथम, सांग्रिला कार्पेट एण्ड ह्यायान्डि क्राफ्ट-द्धितिय, निर्वाणा कार्पेट इण्डस्ट्रिज-तृतीय र निर्यातकर्ता मध्येबाट द रग कम्पनी, संयुक्त राज्य अमेरिका रहेका छन् । फाउण्डेसनले आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर बालश्रम रहित गलैचा उद्योग संचालन गर्दै उच्च परिमाणमा आयात र निर्यात गरेको भन्दै उक्त उद्योग-कंपनीलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेशका सांसदद एवम् गलैचा उद्योग संघका अध्यक्ष राम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा, संस्थाका अध्यक्ष सपुत बहादुर कार्की, फाउण्डेसनका संस्थापक एवं पूर्व अध्यक्ष विनोद कार्की, संस्थापक एबम पूर्व अध्यक्ष जाफर अहमद, संस्थाका कोषाध्यक्ष किरण थापाले मन्तब्य धारणा राखेका थिए । सो अवसर माझ फाउण्डेसनकी कार्यकारी निर्देशक सुश्मा पोखरेलले संस्थाको कार्यक्रम गतिविधीका बारेमा प्रकाश पारेकी थिईन् ।गुड विभ फाउण्डेसनले बालश्रम रहित गलैचा उद्योग प्रवर्द्धनमा लाग्दै आएको जनाईएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.