Nepal's No. 1 Digital Newspaper

शनिबार राजधानीमा यःमरी फुड फेस्टिवल हुँदै

काठमाडौँ– शनिबार राजधानीमा यःमरी पुन्ही फुड फेस्टिवल हुने भएको छ । पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन विद्यार्थी मञ्च, नेपालको आयोजनामा शनिबार फेस्टिवल हुन लागेको हो ।

काठमाडौंस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल, असनमा यःमरी पुन्ही फुड फेस्टिवल हुन लागेको हो । फेस्टिवलमा नेवारी समुदायको विशेष परिकार यःमरी विशेष छुटमा पाइने विद्यार्थी मञ्चका अध्यक्ष अभिषेक अर्यालले बताए ।

Order Now: 98510-87891

यःमरी नेवारी समुदायमा एक शताब्दी पुरानो स्वाद हो । पछिल्लो समय लोप हु“दै गएका र मौलिक पहिचान भएका नेवारी परिकारलाई जर्गेना गर्न र नया“ पुस्ताहरुलाई स्वाद चखाउन आफूहरुले यःमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गर्न लागेको उनले जानकारी दिए ।

शनिबार बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने फेस्टिवलमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा हुने आयोजकले जनाएको छ । फेस्टिवललाई पर्यटन सम्बद्ध संस्थाहरुले सहयोग र सहकार्य रहने समेत अर्यालले बताए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.